७ साउन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले गणतन्त्रमा झार पलाएको टिप्पणी गरेका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । ‘गणतन्त्र त आएको तर झार पलाएर गणतन्त्रका फूलहरू खोज्नुपर्ने भएको’ उनको टिप्पणी थियो । ‘गणतन्त्रमा झारपात उम्रिएका छन् । गणतन्त्रका फूलहरू हेर्न झारहरू पल्टाएर हेर्नुपर्ने…
