पार्टीभित्र प्रश्नहरू उठिरहेका भए पनि अहिलेसम्म मजबुत अवस्थामै देखिएका ओलीले अर्ली महाधिवेशन गरेर छिटोछिटो तेस्रोपल्ट एमाले अध्यक्ष बन्न खोजे । आफ्नो चाहनामा विद्या भण्डारी बाधा बन्न सक्ने देखिएपछि उनी यसरी अघि बढे कि, कतिपयमा व्याप्त रहेको उनीहरूबीचको ‘मिलेमतो’को भ्रम समेत टुट्न पुग्यो ।
