८ साउन, काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा जलस्रोत विधेयक २०८१ माथि दफावार छलफल हुने कार्यसूची छ । उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयकाअनुसार जलस्रोत क्षेत्रको विकासमा जलस्रोत ऐन, २०४९ उल्लेखनीय कानुनको रुपमा रहेको छ। यो ऐनको कार्यान्वयन पश्चात् जलस्रोतको विकास एवं व्यवस्थापन गर्ने कार्य एवं…
