८ साउन, धनगढी । बाजुरामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । हिमाली गाउँपालिका- ५ को क्युडीको कुवाडी-क्युडी कच्ची सडक खण्डमा बाप्र०३००१ ज ०३३८ नम्बरको जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकमा हिमाली गाउँपालिका-५ कै सुन्नीबाडा बस्ने ७५ वर्षीय बाजा रोकाया र ७५ वर्षकै निजोरा रोकामा रहेको…
