९ साउन, काठमाडौं । राष्ट्रिय सभाले संघीय निजामती सेवा विधेयकमा परेका संशोधनको एकीकृत विवरण सार्वजनिक गरेको छ । जसमा १६ समूहमा ४३ जना संसदले संशोधन प्रस्ताव गरेको उल्लेख छ । निजामती विधेयकमा रहेका प्रावधानहरूमध्ये कुलिङ अफ पिरियडको विषयमा प्रतिनिधि सभामा भएको सहमति भन्दा फरक संशोधन नेकपा एमालेको तर्फबाट परेको छ । एमालेका पाँच जना सांसदले…
