९ असार, धनगढी । कैलालीबाट डेढ किलो लागुऔषध चरेससहित चार जनालाई पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी रणबहादुर चन्द नेतृत्वको टोलीले चरेससहित चार जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बैतडीको सुर्नया गाउँपालिका–३ घर भएका २८ वर्षीय चन्द्रसिंह ऐरी, २५ वर्षीय मोहन भट्ट, २५ वर्षीय महेश बिक र बझाङको छबिसपाथिभेरा गाउँपालिका–७ घर…
