९ असार, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिका–७ बनखुको गर्भवतीको शुक्रबार हेली एम्बुलेन्सबाट उद्धार गरिएको छ । बुधबार दिउँसो २ बजेदेखि सुत्केरी ब्यथा लागेर अवस्था गम्भीर भएकी वर्ष २८ को देव कुमारी पाख्रिनको हेली एम्बुलेन्सबाट उद्धार गरिएको हो । बनखु स्वास्थ्य चौकीमा भर्ना भएपनि उच्च रक्तचापको कारण सुत्केरी गराउन नसकेकोले हेलिकप्टरबाट उद्धार गरिएको महाभारत गाउँपालिका…
