हाल जहाँ–जहाँ तुइनहरू छन्, त्यहाँ चुनावका बेला नेताहरूको एउटै नारा हुन्छ– तुइन विस्थापित गरेर पक्की पुल निर्माण गर्छौं । हरेक चुनावमा सबैजसो दलका नेताले तुइन विस्थापित गरेर पक्की पुल बनाउने घोषणापत्रमा लेखेका छन् । तर चुनाव जितेपछि फेरि ती नेताहरू नफर्किएको स्थानीयको आरोप छ ।
