१० असार, काभ्रेपलाञ्चोक । सिन्धुलीमा बेवारिसे अवस्थामा भरुवा बन्दुक भेटिएको छ । सिन्धुली दुधौली नगरपालिका १ हतपते डाँडास्थित मधुगंगा मन्दिर जाने बाटोदेखि अन्दाजी १५० मिटर पूर्वमा रहेको ओडारमा प्लास्टिकले बेरेको अवस्थामा भरुवा बन्दुक बरामद भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुवेदीले जानकारी दिए । बन्दुकसँगै ५०० ग्राम बारुद जस्तो देखिने बस्तु फेला परेको छ…
