रास्वपा सांसद गणेश पराजुली माइतीघरमा क्यामेरालाई साक्षी राखेर मेयरसँग करिब आधा घण्टाभन्दा धेरै उनले गफ गरे । मिटरब्याज पीडितले यो सबै टुलुटुलु हेरिरहे । यतिसम्म कि, सांसद पराजुली उनीहरूकै अगाडि आएर अन्तर्वार्ता दिन भ्याए । उनीहरूकै अगाडि उभिएर फोटोसेसन गरे । तर, फर्केर अरूका मुद्दामा चासो लिएनन् ।
