१५ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सबैको जीवन खीरजस्तै मिठासपूर्ण होस्’ भनी साउन १५ को शुभकामना दिएका छन् । आज साउन १५ को दिन नेपाली समाजमा खीर खाने चलन छ । यही सन्दर्भमा प्रधानमन्त्री ओलीले फेसबुकमा लेखेका छन्, ‘जसरी खीरलाई मिठासपूर्ण परिकारको रूपमा लिइन्छ, त्यसैगरी यस पर्वले नेपाली समाजको संस्कृति, सौहार्दता र सामूहिकताको…
