अष्ट्रेलियालाई १ रनले हराउँदै दक्षिण अफ्रिका वर्ल्ड च्याम्पियनसिप अफ लेजेन्ड्सकाे फाइनलमा -वाइरिबल

साउन १६, २०८२
sa by Ditible

काठमाडाैं । दक्षिण अफ्रिका वर्ल्ड च्याम्पियनसिप अफ लेजेन्ड्सकाे फाइनलमा प्रवेश गरेकाे छ । आज भएकाे एक रोमाञ्चक टी-२० सेमिफाइनल खेलमा दक्षिण अफ्रिकाले अष्ट्रेलिया च्याम्पियन्सलाई १ रनले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हाे ।

टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८६ रनको चुनौतीपूर्ण योगफल खडा गरेको थियो। दक्षिण अफ्रिकाको इनिङ्समा मोमे भ्यान विकले ३५ बलमा ७६ रनको विस्फोटक पारी खेले भने जेजे स्मट्सले पनि ४१ बलमा ५७ रनको महत्त्वपूर्ण योगदान दिए।

अष्ट्रेलियाका लागि पिटर सिडलले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिएका थिए।

जवाफमा अष्ट्रेलिया च्याम्पियन्सले पनि सशक्त प्रदर्शन गर्यो, तर लक्ष्य भेटाउन असफल रह्यो र २० ओभरमा ७ विकेट गुमाएर १८५ रन मात्र बनाउन सक्यो। अष्ट्रेलियाका लागि ड्यान क्रिश्चियनले २९ बलमा अविजित ४९ रन बनाएका थिए भने क्रिस लिनले पनि २० बलमा ३५ रन जोडेका थिए।

तर, खेलको निर्णायक मोडमा दक्षिण अफ्रिकाका वायन पार्नेलको बलिङ उत्कृष्ट रह्यो। उनले २/३३ को बलिङ प्रदर्शनका साथै खेलको ‘म्यान अफ द म्याच’ पनि बने।

अन्तिमसम्म निकै प्रतिस्पर्धात्मक रहेको यो सेमिफाइनल भिडन्त दक्षिण अफ्रिकाले १ रनले जित्दै उपाधिका लागि फाइनलमा आफ्नो स्थान पक्का गरेको हाे ।

Leave a Reply

Your email address will not be published.