नेपालले आईसिसी महिला टी-२० विश्वकप २०२६ को छनोट प्रतियोगिता आयोजना गर्ने -वाइरिबल

साउन १६, २०८२
women cricket team F242m2gwhg by Ditible

काठमाडौं । नेपालले आगामी वर्ष माघ १ गतेदेखि फागुन ५ गतेसम्म (जनवरी १२ देखि फेब्रुअरी १६, २०२६) ICC महिला टी-२० विश्वकप २०२६ को ग्लोबल छनोट प्रतियोगिता आयोजना गर्ने भएको छ। यो प्रतियोगिताबाट इङ्गल्याण्ड र वेल्समा हुने मुख्य प्रतियोगिताका लागि चार टोलीले स्थान बनाउनेछन्।

१० टोलीले प्रतिस्पर्धा गर्ने यस छनोट प्रतियोगितामा बंगलादेश र आयरल्याण्डले आईसिसी महिला टी-२० विश्वकप २०२४ मा सहभागी भएकाले स्वतः स्थान बनाएका छन्। यस्तै, थाइल्याण्ड र नेपालले एसिया क्षेत्रबाट छनोट भएका छन् भने संयुक्त राज्य अमेरिकाले अमेरिका क्षेत्रबाट आफ्नो स्थान सुरक्षित गरेको छ।

बाँकी पाँच स्थान अफ्रिका र युरोपबाट दुई/दुई तथा पूर्वी एसिया-प्रशान्त क्षेत्रबाट एक टोलीले आ-आफ्नो क्षेत्रीय छनोट प्रतियोगिता सम्पन्न भएपछि प्राप्त गर्नेछन्। नेपालमा हुने यस छनोट प्रतियोगितामा १० टोलीलाई पाँच-पाँच टोलीको दुई समूहमा विभाजन गरिनेछ। समूह चरणपछि सुपर सिक्स र त्यसपछि फाइनल खेल हुनेछ। प्रतियोगिताको पूर्ण तालिका पछि घोषणा गरिनेछ।

यसैबीच, इङ्गल्याण्ड र वेल्समा हुने आईसिसी महिला टी-२० विश्वकप २०२६ को तालिका यसअघि नै सार्वजनिक भइसकेको छ। उक्त प्रतिष्ठित प्रतियोगिता सन् २०२६ को जुन १२ देखि जुलाई ५ सम्म (जेठ २९ देखि असार २१, २०८३) सम्म सञ्चालन हुनेछ। २४ दिनमा ओल्ड ट्राफोर्ड, हेडिङ्ले, ह्याम्पशायर बाउल र ब्रिस्टल काउन्टी ग्राउन्डसहित सात स्थानमा ३३ वटा खेल खेलिनेछन्। प्रतियोगिताको फाइनल खेल प्रसिद्ध लर्ड्स क्रिकेट ग्राउन्डमा हुनेछ।

Leave a Reply

Your email address will not be published.