काठमाडौं । साउदी अरबको क्लब अल-नासरले मैत्रीपूर्ण खेलमा फ्रान्सेली क्लब टुलुजलाई २-१ गोल अन्तरले पराजित गरेको छ। यो जित अल-नासरको नयाँ सिजनको तयारीका लागि महत्वपूर्ण मानिएको छ।
अस्ट्रियामा भएको खेलमा टुलुजले सुरुवातमै अग्रता लिएको थियो। खेलको २५ औं मिनेटमा यान ग्बोहोले गोल गर्दै टुलुजलाई १-० ले अगाडि बढाएका थिए। तर, अल-नासरले तत्कालै पुनरागमन गर्यो।
खेलको ३३ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले उत्कृष्ट गोल गर्दै अल-नासरलाई १-१ को बराबरीमा ल्याए। रोनाल्डोको यो गोल नयाँ सिजनअघि उनको उत्कृष्ट लयलाई संकेत गर्दछ। उनले पहिलाे हाफमा मैदान छाडेका थिए।
दोस्रो हाफमा अल-नासरले थप दबाब सिर्जना गर्यो र खेलको ७६ औं मिनेटमा मोहम्मद मारनले विजयी गोल गर्दै अल-नासरलाई २-१ को अग्रता दिलाए। यो गोलसँगै अल-नासरले आफ्नो अग्रता कायम राख्दै खेल जितेको हो।













