पाकिस्तानले वेस्ट इन्डिजलाई हरायाे -वाइरिबल

साउन १६, २०८२
pak by Ditible

काठमाडाैं । तीन खेलको टी-२० सिरिजमा पाकिस्तानले वेस्ट इन्डिजमाथि विजयी सुरुवात गरेकाे छ । फ्लोरिडाको सेन्ट्रल ब्रोवार्ड रिजनल पार्कमा भएको पहिलो खेलमा पाकिस्तानले वेस्ट इन्डिज लाई १४ रनले पराजित गर्दै सिरिजमा १-० को अग्रता लिएको हाे ।

टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको वेस्ट इन्डिजविरुद्ध ब्याटिङमा उत्रिएको पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७८ रनको बलियो योगफल खडा गर्यो। पाकिस्तानका लागि ओपनर सइम अयुबले शानदार प्रदर्शन गर्दै ३८ बलमा ५७ रनको अर्धशतकीय इनिङ्स खेले। यस्तै, फखर जमानले २४ बलमा २८ रन जोडे।

वेस्ट इन्डिजका बलरमध्ये शमार जोसेफले ३० रन खर्चेर ३ विकेट लिएका थिए।

जवाफमा, १७९ रनको विजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभरमा ७ विकेट गुमाएर १६४ रन मात्र बनाउन सक्यो। वेस्ट इन्डिजका लागि ज्वेल एन्ड्रु र जोन्सन चार्ल्स दुवैले समान ३५-३५ रन बनाए। अन्तिममा ज्यासन होल्डरले १२ बलमा अविजित ३० रनको आक्रामक पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन्।

पाकिस्तानको जितमा बलरहरुको पनि महत्त्वपूर्ण भूमिका रह्यो। मोहम्मद नवाजले उत्कृष्ट बलिङ गर्दै २३ रनमा ३ विकेट लिए भने प्लेयर अफ द म्याच बनेका सइम अयुबले आफ्नो ब्याटिङसँगै २ ओभरमा २० रन दिएर २ विकेट पनि लिएका थिए।

Leave a Reply

Your email address will not be published.