मुलुकलाई लागू औषधमुक्त बनाउने गरी काम गर्न गृहमन्त्री लेखकको निर्देशन

साउन १६, २०८२
ramesh lekhak narcotics beuro by Ditible

News Summary

Generated by OK AI. Editorially reviewed.

गृहमन्त्री रमेश लेखकले मुलुकलाई लागू औषध मुक्त बनाउने गरी प्रभावकारी काम गर्न जरुरी रहेको बताएका छन्।
उनले लागू औषधको उत्पादन, भण्डार र प्रयोग ठूलो चुनौती रहेको उल्लेख गरे।
लेखकले लागू औषधविरुद्धको महाअभियानले परिणाम ल्याएको र सबैको जिम्मेवारी भएको बताए।

काठमाडौं । गृहमन्त्री रमेश लेखकले मुलुकलाई लागू औषध मुक्त बनाउने गरी प्रभावकारी ढंगले काम गर्न जरुरी रहेको बताएका छन् ।

शुक्रबार काठमाडौंको कोटेश्वरस्थित लागू औषध नियन्त्रण व्युरोको कार्यालय निरीक्षणका क्रममा गृहमन्त्री लेखकले लागू औषधको उत्पादन, भण्डार र प्रयोग ठूलो चुनौतिका रुपमा देखिएको बताए ।

उनले भने, ‘लागू औषधको प्रयोगले सडक दुर्घटना, आत्महत्या र साइबर क्राइमका अपराधलाई पनि उत्पति गर्छ । त्यसैले हामीले एक वर्षमा लागू औषधविरुद्धको महाअभियान लागू गरेका थियौं । त्यो अभियान सार्थक भएको छ ।’

विगतका वर्षमा भन्दा पछिल्लो एक वर्षमा लागू औषध नियन्त्रणमा प्रगति भएको गृहमन्त्री लेखकले दाबी गरे ।

‘खास गरेर युवाहरुमा यसको लत देखिएको छ । देशको भविष्य जोडिएको युवा शक्ति लागू औषधमा फसेको देखिएको छ’, उनले भने, ‘लागू औषधविरुद्धको महाअभियानले परिणाम ल्याएको छ । लागू औषधको अपराधमा संलग्नलाई कारबाही गरेर मात्र पुग्दैन । लागू औषधविरुद्ध अभियान चलाउन आवश्यक छ । यो प्रहरीको मात्र होइन । सबै मानिसको जिम्मेवारी हो ।’

गृहमन्त्रीले लागू औषध व्युरोलाई विभागका रुपमा विकास गर्नका लागि तयारी अगाडि बढाउन प्रहरी महानिरीक्षक दिपक थापालाई निर्देशन दिए ।

Leave a Reply

Your email address will not be published.