स्वस्थ रहन एक छाक कोदोको परिकार खान कृषिमन्त्रीको सुझाव

साउन १६, २०८२
ramnath adhikari by Ditible

News Summary

Generated by OK AI. Editorially reviewed.

कृषिमन्त्री रामनाथ अधिकारीले स्वस्थ रहनका लागि दिनमा एक छाक कोदोको परिकार खान सुझाव दिएका छन्।
मन्त्री अधिकारीले कोदोको खानेकुराले अहिले मात्र नभई भाबी सन्ततिका लागि पनि फाइदा पुग्ने बताए।
उनले कृषिमा काम गर्नेले कोदो रोपेर उत्पादन बढाउनुपर्ने र बढी फाइदा लिनुपर्ने बताए।

१६ साउन, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले स्वस्थ रहनका लागि एक छाक कोदोको परिकार खान सुझाव दिएका छन् ।

राष्ट्रिय कोदो दिवसको अवसरमा भक्तपुरको चाँगुनारायणमा आयोजित कोदो रोपाइँ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले स्वस्थ रहनका लागिको कोदोको परिकार खानुपर्ने बताए । हरेक नेपालीलाई दिनमा एक छाक कोदोको परिकार खाने हो भने स्वस्थ उनको तर्क छ ।

कोदोको खानेकुराहरूले अहिलेलाई मात्रै फाइदा नभई भाबी सन्ततिका लागि पनि स्वस्थ राख्न फाइदा पुग्ने उनको भनाइ छ । मकै,धान, गहुँ सरह नै कोदो पनि महत्त्वपूर्ण बाली रहेको उनले बताए ।

‘हामी स्वस्थ रहने हो भने, एक छाकमात्रै भए पनि कोदोको परिकार भान्सामा राख्ने व्यवस्था गरौं । हामीलाई त रोग लागेको होला, अहिले उपचार गर्न सकौँला, तर भाबी सन्तति पनि रोगी भएर जन्मिन्छन् । रोग भित्र्याउने काम हुन्छ,’ उनले भने ।

मन्त्री अधिकारीले कृषिमा काम गर्ने हो भने कोदो रोपेर उत्पादन बढाइ बढी फाइदा लिनुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published.