सिन्धुलीमा रुखले किच्दा दुई जनाको मृत्यु, तीन बालबालिका घाइते

साउन १६, २०८२
accident new by Ditible

News Summary

Generated by OK AI. Editorially reviewed.

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१ बस्तीपुरमा सालको रुख ढल्दा दुई बालबालिकाको मृत्यु भएको छ।
झरीका कारण ओत लाग्न बसेका पाँच बालबालिका माथि रुख खसेर ९ वर्षीय सार्की थिङ र १६ वर्षीया सन्ता गोलेको मृत्यु भएको छ।
घाइते १४ वर्षीया सिर्जना माया र १५ वर्षीया सन्ध्या भोलनलाई हेटौडातर्फ रिफर गरिएको छ भने ७ वर्षीय सुशील थिङको स्थानीय पोलिक्लिनिकमा उपचार भइरहेको छ।

१६ साउन, काभ्रपलाञ्चोक । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१ बस्तीपुरमा रुख ढल्दा दुई जनाको मृत्यु भएको छ भने तीनजना बालबालिका घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुवेदीका अनुसार आज शुक्रबार दिउँसो ३:३० बजेतिर झरीका कारण ओत लाग्न बसेको टौवामा सालको ठूलो रुख ढलेर किचेको थियो ।

रुख खस्दा पाँचजना बालबालिका टहरामा ओत लागिरहेका थिए । पानी परिरहेको अवस्थामा ओत लाग्न नजिकैको टौवामा बसेको बेला पहिरो र पानीका कारण सालको रुख ढल्दा टहरोमाथि खस्न पुग्यो ।

त्यसले ओत लागिरहेका ९ वर्षीय सार्की थिङ र १६ वर्षीया सन्ता गोलेलाई किच्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

त्यसैगरी १४ वर्षीया सिर्जना माया, १५ वर्षीया सन्ध्या भोलन  र ७ वर्षीय सुशील थिङ घाइते भएका छन् ।

घाइतेमध्ये अवस्था गम्भीर भएकाले सिर्जना र सन्ध्यालाई थप उपचारका लागि हेटौडातर्फ रिफर गरिएको छ भने सुशील थिङको उपचार पाँचपाण्डव पोलिक्लिनिक, झुरझुरेमा भईरहेको छ ।

Leave a Reply

Your email address will not be published.