राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता – Online Khabar

साउन १७, २०८२
ramchandra paudel kp sharma oli by Ditible

१७ साउन, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

उनीहरूबीच शनिबार दिउँसो भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न उनको निवास शीतलनिवास पुगेका थिए ।

भेटमा प्रधानमन्त्री ओलीले तुर्कमेनिस्तानको अवाजा सहरमा आयोजना हुने भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा नेपालको  सहभागिताका  बारेमा जानकारी गराएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ  ।

प्रधानमन्त्री  ओली यही साउन २० देखि २३ गतेसम्म (५ देखि ८ अगस्ट २०२५) आयोजना हुने सम्मेलनमा सहभागी हुन त्यसतर्फ  जान लागेका छन् ।

Leave a Reply

Your email address will not be published.