एमालेमा विद्या भण्डारीको पक्षमा खुलेका थप ३ जनालाई स्पष्टीकरण

साउन १८, २०८२
Khelkud mahasang by Ditible

१८ साउन, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा खुलेका थप तीन जना नेता-कार्यकर्तामाथि एमालेले कारबाही प्रक्रिया अघि बढाएको छ ।

एमाले निकट नेपाल खेलकुद महासंघले स्थायी कमिटी सदस्यसहित तीन जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

महासंघले स्थायी किमिटि सदस्य तथा केन्द्रीय कमिटी सदस्यहरू हरिवंश कडरिया, कमलमणि गौतम र हरि बर्तौलालाई स्पष्टीकरणसहित कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।

स्पष्टीकरण सोध्नुका साथै आवश्यक छानबिन गरी कारबाही अघि बढाउने जिम्मा अनुशासन आयोगलाई दिइएको महासंघले जनाएको छ ।

उनीहरुले सामाजिक सञ्जालमा पार्टीबारे अराजक अभिव्यक्ति राखेको आरोप छ ।

महासंघले केपी ओलीविनाको एमाले कल्पना गर्न पनि नसकिने निष्कर्षसमेत निकालेको छ ।

यसअघि पनि एमालेले भण्डारीको पक्षमा खुलेका युवा संघसहित विभिन्न भ्रातृ संगठनका नेता र कार्यकर्तालाई स्पष्टीकरण सोध्नुका साथै कारबाही गरेको छ ।

Leave a Reply

Your email address will not be published.