रौतहटमा गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

साउन १८, २०८२
Accident Sketch by Ditible

१८ साउन, रौतहट । रौतहटमा गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कटहरिया नगरपालिका-५ का ६० वर्षीय सुशील रोक्का क्षेत्री रहेका छन् ।

फतुवा विजयपुर नगरपालिका-१० दुधिअवास्थित सडकमा को२च ३२६३ नम्बरको गाडीले प्र.२-०३-००५ प ३ नम्बरको मोटरसाइकललाई आइतबार ठक्कर दिएको थियो ।

गाडीको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका लागि वीरगञ्जतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते मोटरसाइकलमा सवार १ जनालाई उपचारका लागि वीरगञ्ज पठाइएको छ ।

ठक्कर दिने गाडीको चालकको खोजी कार्य भइरहेको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.