पहिराे खसेपछि हेटाैंडा-काठमाडाैं जाेड्ने छोटो सडक अवरुद्ध

साउन १८, २०८२
kulekhani fakhel sadak ma pahiro by Ditible

News Summary

Generated by OK AI. Editorially reviewed.

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ महालक्ष्मी खोलामा पहिरो खसेपछि हेटौंडा-काठमाडौं जोड्ने छोटो सडक आइतबार दिउँसो ४ बजे अवरुद्ध भएको छ।
मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले पहिरो पन्छाएर बाटो खुलाउने कार्य भइरहेको जानकारी दिए।

१८ साउन, हेटाैंडा । हेटाैंडा-काठमाडौं जाेड्ने छोटो सडक पहिरोका कारण अवरुद्ध भएको छ ।

पहिरोका कारण हेटौंडा-भीमफेदी-कुलेखानी-फाखेल-काठमाडौं  सडक खण्ड अवरुद्ध बनेको हो ।

आइतबार दिउँसाे ४ बजे मकवानपुरकाे उत्तरी क्षेत्रस्थित इन्द्रसरोवर गाउँपालिका-४ महालक्ष्मी खोलामा पहिराे खसेपछि सडक अवरुद्ध भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

पहिराे पन्छाएर बाटो खुलाउने कार्य भइरहेकाे उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published.