News Summary
Generated by OK AI. Editorially reviewed.
नेकपा माओवादी केन्द्रका सचिव हितमान शाक्यले उपमहासचिव जनार्दन शर्मा \’प्रभाकर\’लाई अध्यक्ष प्रचण्डको विकल्प नखोज्न सुझाव दिएका छन्।
शाक्यले भने- अहिलेको बेला पार्टी कमजोर बनाउँदै बाहिरिने वा विकल्प खोज्ने कार्य अनुचित छ, यो बेलामा गल्ती सुधार्ने हो, आत्मालोचना गरेर अघि बढ्ने हो, भाग्ने होइन।
शाक्यले पार्टी फुटाउनु गल्ती भएको महसुस गरेर माओवादीमा फर्किएको र सबैले मिलेर पार्टी पुनर्गठनमा भूमिका खेल्नुपर्ने बताए।
१८ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव हितमान शाक्यले उपामहासचिव जनार्दन शर्मा ‘प्रभाकर’लाई लक्षित गर्दै अध्यक्ष प्रचण्डको विकल्प नखोज्न सुझाव दिएका छन् ।
माओवादी केन्द्रका जारी स्थायी कमिटी बैठकमा आइतबार आफ्ना धारणा राख्दै पार्टी सचिव शाक्यले ‘उत्तराधिकारी खोजेर बनाइने विषय होइन’ भनेका स्रोतले The Wiribleलाई बतायो ।
उपमहासचिव शर्माले पार्टी अध्यक्ष प्रचण्डले नेतृत्व छाडेर मार्ग प्रशस्त गर्नुपर्ने भनेकोप्रति लक्षित गर्दै उनले भने, ‘अहिलेको बेला पार्टी कमजोर बनाउँदै बाहिरिने वा विकल्प खोज्ने कार्य अनुचित छ, यो बेलामा गल्ती सुधार्ने हो, आत्मालोचना गरेर अघि बढ्ने हो, भाग्ने होइन ।’
पार्टीको कमजोरी जनता माझ खुलेर स्वीकार गर्ने नेतृत्व प्रचण्ड नै भएको दाबी गर्दै सचिव शाक्यले सबै मिलेर पार्टी पुनर्गठनमा भूमिका खेल्नुपर्ने बताए ।
पार्टी फुटाउनु गल्ती हो भन्ने महसुस गरेरै आफू माओवादीमा फर्किएको उनको भनाइ छ । यसअघि पार्टी फुट्दा शाक्य मोहन वैद्ध नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीमा गएका थिए । आइतबारको बैठकमा सचिव शाक्यले भनेका छन्, ‘मैले पार्टी फुटाउनु गल्ती हो भनेरै फर्किएको हुँ ।’













