कुलिङ पिरियडमा गडबडी छानबिन समितिको बैठक १२ घण्टादेखि जारी

साउन १८, २०८२
Cooling period Chhanbin samiti Photos cover by Ditible

News Summary

Generated by OK AI. Editorially reviewed.

संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समितिको बैठक १२ घण्टादेखि जारी छ।
छानबिन समितिले प्रतिवेदनलाई अन्तिम रुप दिएर भोलि प्रतिनिधि सभामा पेश गर्ने तयारी गरेको छ।
छानबिन समितिमा कांग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपा र राप्रपा गरी विभिन्न दलका सदस्यहरू छन्।

१८ साउन, काठमाडौं । संघीय निजामती सेवा विधेयकको पतिवेदनमा भएको त्रुटि छानबिन विशेष समितिको बैठक १२ घण्टादेखि जारी छ ।

बिहान साढे ७ बजेदेखि सुरु भएको दिउँसोसाढे १२ बजेतिर खाना खानका लागि ब्रेक भएको थियो । खाना समयमा सांसदहरू केही बेर आन्तरिक छलफलमा समेत जुटे । सत्तापक्षका सांसदहरूले एमाले संसदीय दलको बैठकमै पुगेर पार्टीका नेताहरूको राय लिए ।

त्यसपछि पुनः सुरु भएको बैठक जारी छ । छानबिन विशेष समितिका सभापति जीवन परियार आज अन्तिम दिन रहेकाले प्रतिवेदनलाई अन्तिम रुप दिने तयारी छ । यस निम्ति बैठक लम्बिएको हो ।

गत २३ असारमा गठित समितिलाई सुरुमा २१ दिनको समय दिइएको थियो । पछि एक साता थपिएको थियो । थपिएको म्याद आज राति १२ बजे सकिँदैछ ।

छानबिन समितिमा समितिमा नेपाली कांग्रेस र नेकपा एमालेबाट दुई–दुई जना सदस्य र माओवादी केन्द्र, रास्वपा र राप्रपाबाट एक–एक जना रहेका छन् । कांग्रेसका सांसदहरू जीवन परियार र सुशीला थिङ सदस्य छन् भने नेकपा (एमाले) बाट ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य सदस्य छन् । माओवादी केन्द्रबाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की सदस्य छन् ।

आज प्रतिवेदनलाई अन्तिम रुप दिएर भोलि प्रतिनिधि सभाको बैठकमा प्रतिवेदन पेश गर्ने तयारी छ । यस निम्ति बैठक १२ घण्टादेखि जारी रहेको छ ।

Leave a Reply

Your email address will not be published.