रौतहटमा खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर किसानको मृत्यु

साउन १९, २०८२
death body 1 by Ditible

१९ साउन, रौतहट । रौतहटको ईशनाथ नगरपालिकामा धान खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर एक जना किसानको मृत्यु भएको छ ।

ईशनाथ नगरपालिकाका-८ मन्सरी टोलमा धान खेतमा पानी हाल्न प्रयोग गरेको विद्युतीय मोटरबाट करेन्ट लाग्दा ५५ वर्षीय शेख जाफिरको मृत्यु भएको हो ।

करेन्ट लागेर गम्भीर घाइते भएका जाफिरलाई उपचारका लागी प्रादेशिक अस्पताल गौरमा पुर्‍याइको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी दीपक रायले जानकारी दिए ।

मृतकको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको डीएसपी रायले बताए ।

 

Leave a Reply

Your email address will not be published.