बागमतीको मुख्यमन्त्रीमा इन्द्र बानियाँको दाबी पेस

साउन १९, २०८२
indra baniya by Ditible

१९ साउन,  हेटौंडा । बागमती प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले दाबी पेस गरेका छन् ।

केहीबेर अघिमात्रै  नयाँ सरकार गठनको लागि प्रदेश प्रमुखको कार्यालयले आह्वान गरेको थियो ।

लगत्तै बानियाँले मुख्यमन्त्रीका लागि दाबी पेस गरेका हुन् ।

बानियाँलाई मुख्यमन्त्रीमा नियुक्त गर्न कांग्रेसका ३७ र एमालेका २७ सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख कार्यालयमा दाबी पेस गरिएको छ ।

कांग्रेस संसदीय दलका नेता बानियाँ र एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटालाई दाबी पेस गरेका छन् ।

Leave a Reply

Your email address will not be published.