माओवादी प्रवक्ता भन्छन्- जनार्दनजीले माइन्युटमा हस्ताक्षर गर्छु भन्नुभएको छ

साउन १९, २०८२
agni sapkota by Ditible

१९ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टी बैठकको माइन्युटमा हस्ताक्षर गर्ने बताएका छन् ।

पार्टी बैठकमा शर्माले माइन्युटमा हस्ताक्षर गर्ने बताएको उपाध्यक्ष समेत रहेका प्रवक्ता अग्नि सापकोटाले यसबारे जानकारी गराएका हुन् ।

‘जनार्दन शर्मा प्रभारको विषयमा छलफल धेरै खुला, सिधा र स्पष्ट रुपमा चल्यो । राम्रोसँग चल्यो,’ सापकोटाले भने, ‘यसमध्ये उहाँले माइन्युटमा सही गर्नुभएको थिए । उहाँले माइन्युटमा सही गर्छु भन्नुभएको छ ।’

पार्टी नेतृत्व परिवर्तनको मुद्दा उठाउँदै आएका शर्माले यसअघि बैठकका निर्णयमा हस्ताक्षर गरेका थिएनन् ।

Leave a Reply

Your email address will not be published.