राष्ट्रपति पौडेलद्वारा वसन्तपुर क्षेत्रका सम्पदाको अवलोकन

साउन १९, २०८२
rastrapati ramchandra Poudel basatntapur by Ditible

News Summary

Generated by OK AI. Editorially reviewed.

राष्ट्रपति रामचन्द्र पौडेलले १९ साउनमा काठमाडौँको विश्वसम्पदा सूचीमा सूचीकृत वसन्तपुर क्षेत्रका सम्पदाको अवलोकन गर्नुभएको छ।
उहाँले प्रथम महिला सविता पौडेलसहित हनुमानढोका दरबार सङ्ग्रहालय र दरबार स्क्वायर क्षेत्रका विभिन्न स्थानहरूको अवलोकन गर्नुभएको थियो।
पर्यटन संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरिप्रसाद मैनाली र पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले राष्ट्रपति पौडेललाई स्वागत गरेका थिए।

१९ साउन, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँको विश्वसम्पदा सूचीमा सूचीकृत वसन्तपुर क्षेत्रमा रहेका सम्पदाको अवलोकन गरेका छन् ।

आज प्रथम महिला सविता पौडेलसहित वसन्तपुर क्षेत्रमा पुगेका उनले हनुमानढोका दरबार सङ्ग्र्रहालयको पनि अवलोकन गरेका थिए ।

राष्ट्रपति पौडेललाई दरबार स्क्वायर क्षेत्रमा पर्यटन संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरिप्रसाद मैनाली, पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्ग, हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिका कार्यकारी निर्देशक काजीमान प्याकुरेललगायतले स्वागत गरेका थिए ।

सो क्रममा राष्ट्रपति पौडेलले हनुमानढोका दरबार स्क्वायरमा रहेका कालभैरव, तलेजु मन्दिर, नौतले दरबार, नासल चोक, मूलचोक, त्रिशूलचोकलगायतका स्थानको अवलोकन गर्नुभएको थियो ।

सो क्रममा प्रतिनिधिसभा सदस्य सपना राजभण्डारी, प्रदेशसभा सदस्य शैलेन्द्र वज्राचार्य काठमाडौँ महानगरपालिकाका विभिन्न वडाका वडाध्यक्षहरूलगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.