अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ

साउन १९, २०८२
women arrested by Ditible

१९ साउन, काठमाडौं । अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन् ।

पक्राउ पर्नेमा बाग्लुङको ढोरपाटन नगरपालिका–५ घर भएकी ४८ वर्षीया मीना कुँवर छिन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई सातदोबाटोबाट पक्राउ गरेको हो ।

उनले अमेरिका पठाउने भन्दै एक व्यक्तिबाट ९ लाख रुपैयाँ ठगी गरेको आरोप छ ।

पक्राउ परेका उनलाई कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ ।

Leave a Reply

Your email address will not be published.