अष्ट्रेलियामा ‘टप एन्ड टी-२०’ खुल्ने नेपाल क्रिकेट टोलीकाे घोषणाः सन्दीप समेटिए, आलम फेरि आउट ! -वाइरिबल

साउन १९, २०८२
nepal 1 3 by Ditible

काठमाडौं । आगामी अगस्ट १४ देखि २४ सम्म अष्ट्रेलियाको नर्दन टेरिटोरीमा आयोजना हुने ‘टप एन्ड टी-२०’ सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले एक विज्ञप्ती जारी गर्दै रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा गरेको हो।

यस सिरिजलाई नेपालले सन् २०२६ को आईसीसी टी-२० विश्वकप छनोटको महत्त्वपूर्ण तयारीका रूपमा लिएको छ। टोलीमा अनुभवी र युवा खेलाडीहरूको सन्तुलित मिश्रण रहेको छ।

नेपालको ‘टप एन्ड टी-२०’ स्क्वाड:

रोहित पौडेल (कप्तान)

दीपेन्द्र सिंह ऐरी (उप-कप्तान)

आसिफ शेख (विकेटकिपर)

सन्दीप लामिछाने

कुशल भुर्तेल

कुशल मल्ल

गुलशन झा

आरिफ शेख

भीम सार्की

रूपेश सिंह

सोमपाल कामी

नन्दन यादव

करण केसी

रिजान ढकाल

लोकेश बम (विकेटकिपर)

ललित राजवंशी

Leave a Reply

Your email address will not be published.