सान्तोसकाे जितमा नेयमारकाे दुई गोल -वाइरिबल

साउन २०, २०८२
neymar by Ditible

काठमाडाैं । ब्राजिलियन सेरी ए मा आज भएको खेलमा सान्तोसले जुभेन्टुडलाई ३-१ को गोल अन्तरले पराजित गरेको छ।

सान्तोसको जितमा नेयमारले दुई गोल गरे भने अल्भारो ब्यारेलले एक गोल गरे।
खेलको ३७ औं मिनेटमा नेयमारले गोल गर्दै सान्तोसलाई अग्रता दिलाएका थिए। त्यसको तीन मिनेटपछि नै ४० औं मिनेटमा अल्भारो ब्यारेलले गोल गर्दै सान्तोसको अग्रता दोब्बर पारे।

खेलको पहिलो हाफको अतिरिक्त समयमा जुभेन्टुडका विल्कर एन्जेलले एक गोल फर्काए।

तर दोस्रो हाफमा खेलको ८० औं मिनेटमा नेयमारले पेनाल्टी मार्फत गोल गर्दै सान्तोसलाई ३-१ को जित दिलाएका हुन्। यो जितसँगै सान्तोसले लिगमा महत्त्वपूर्ण तीन अंक जोडेको छ।

Leave a Reply

Your email address will not be published.