सुनको मूल्यमा नयाँ रेकर्ड – Online Khabar

साउन २०, २०८२
gold silver 600X300 by Ditible

News Summary

Generated by OK AI. Editorially reviewed.

सुनको मूल्य २० साउन, काठमाडौंमा नयाँ रेकर्ड १ लाख ९८ हजार ५ सय रुपैयाँ प्रतितोला पुगेको छ।
वैशाख ९ गतेको १ लाख ९७ हजार ९ सय रुपैयाँको मूल्य रेकर्ड मंगलबार तोडिएको हो।
चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँ बढेर २२८० रुपैयाँ पुगेको छ।

२० साउन, काठमाडौं । सुनको मूल्यमा नयाँ रेकर्ड बनेको छ । मंगलबार सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ९८ हजार ५ सय रुपैयाँ पुगेको छ ।

यसअघि वैशाख ९ गतेको मूल्य रेकर्ड आज तोडिएको हो । वैशाख ९ गते १ लाख ९७ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । अघिल्लो दिनको तुलनामा यस दिन मूल्य प्रतितोला १ हजार ९ सय रुपैयाँ बढेको हो ।

अघिल्लो दिन १ लाख ९६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ तोलामा २५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २२५५ रुपैयाँमा कारोबार भएको चाँदी आज २२८० रुपैयाँ पुगेको छ ।

Leave a Reply

Your email address will not be published.