भुम्लु गाउँपालिकाकी पूर्वउपाध्यक्षले छाडिन् एकीकृत समाजवादी

साउन २०, २०८२
Kalpana by Ditible

२० साउन, काभ्रेपलाञ्चोक । भुम्लु गाउँपालिकाकी पूर्वउपाध्यक्ष कल्पना श्रेष्ठले नेकपा एकीकृत समाजवादी पार्टी परित्याग गरेकी छन् ।

उनले पार्टी सोचेकोभन्दा फरक पाएकोले आफूसहित परिवारका अन्य सदस्यले पार्टी परित्याग गरेको बताएकी छन् ।

सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै श्रेष्ठले भनेकी छन, ‘नेकपा एकीकृत समाजवादी साँचिकै देश र जनताको हितमा उभिन्छ र देशलाई फोहोरी राजनीति संक्रमणबाट मुक्त गरेर सही गन्तव्यमा पुर्‍याउँछ भनेर साथ दिएँ तर मैंले सोचेकोभन्दा फरक पाएकोले आजैबाट मलगायत मेरो परिवारको सबै जनाले  पार्टीको साधारण  सदस्य पनि नरहने गरे पार्टी  परित्याग  गरेकको जानकारी  गराउँछु ।’

कल्पना २०७४ को स्थानीय तह निर्वाचनमा एमालेको तर्फबाट भुम्लु गाउँपालिका उपाध्यक्ष निर्वाचित भएकी थिइन् । २०७८ मा एमाले विभाजन भएपछि माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीमा लागेकी थिइन् ।

Leave a Reply

Your email address will not be published.