‘रेडक्रसको नवगठित समितिलाई जिल्ला अधिवेशन गर्ने कार्यादेश छैन’

साउन २१, २०८२
Nepal Redcross by Ditible

News Summary

Generated by OK AI. Editorially reviewed.

नेपाल रेडक्रस सोसाइटीको नवगठित तदर्थ समितिले जिल्ला अधिवेशनको मिति तोकेपछि कार्यादेश भन्दा बाहिर गएको निर्णय सच्याउन ध्यानाकर्षण गरिएको छ।
परिवर्तन नेपाल रेडक्रस अभियानले जिल्ला समितिको निर्वाचन र निर्वाचन अधिकारी तोक्ने निर्णय सरकारले तोकेको कार्यादेशभन्दा फरक रहेको जनाएको छ।
सरकारले ९ साउनमा विनोदकुमार शर्माको नेतृत्वमा तदर्थ समिति गठन गरी तीन महिनाभित्र निर्वाचित कार्यसमिति ल्याउन कार्यादेश दिएको थियो।

२१ साउन, काठमाडौं । नेपाल रेडक्रस सोसाइटीको नवगठित तदर्थ समितिले जिल्ला अधिवेशनको मिति तोकेपछि कार्यादेश भन्दा बाहिर गएको निर्णय सच्याउन ध्यानाकर्षण गरिएको छ ।

विगतमा रेडक्रस सोसाइटीमा कार्यरत रहेकाहरूले गठन गरेको ‘परिवर्तन नेपाल रेडक्रस अभियान’ ले जिल्ला समितिको निर्वाचन र निर्वाचन अधिकारी तोक्ने निर्णय सरकारले तोकेको कार्यादेश भन्दा फरक रहेको जनाएको छ ।

विनोदकुमार शर्माको नेतृत्वमा सरकारले ९ साउनमा तदर्थ समिति गठन गरेको थियो ।

तदर्थ समितिलाई विधान संशोधन र तीन महिनाभित्र निर्वाचित कार्यसमिति ल्याउन सरकारले कार्यादेश दिएको छ ।

संशोधित विधान बमोजिम केन्द्रीय महाअधिवेशन गर्ने समेतको जिम्मेवारी प्राप्त गरेको तदर्थ समितिले कार्यादेश अनुसार कार्य नगरेको अभियानले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.