एनपीएल दोस्रो संस्करणको अक्सनमा १५० खेलाडी छनाेट -वाइरिबल

साउन २१, २०८२
npl by Ditible

काठमाडौं । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि १ सय ५० खेलाडी अक्सनमा सहभागी हुने भएका छन्।

नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै १ सय ५० खेलाडी अक्सनका लागि छनोट भएको जानकारी दिएको हो । क्यानले खेलाडी दर्ता प्रक्रियामा ४ सय ५८ खेलाडीले नाम दर्ता गराए पनि प्राविधिक समितिले तयार पारेको मापदण्ड अनुसार १ सय ५० खेलाडी अक्सनका लागि छनोट भएका हुन् ।

अब ती खेलाडीलाई विभिन्न क्याटोगोरीमा विभाजन गरिएको छ। जसअनुसार क्याटोगोरी ‘ए’ मा आठ खेलाडी परेका छन् । जसमा आदिल अन्सारी, अर्जुन साउद, दिलीप नाथ, देव खनाल, पवन सर्राफ, शरद भेष्वाकर, मोहम्मद आदिल अन्सारी, सूर्य तामाङ र सुमन गौतम रहेका छन्।

त्यस्तै, क्याटोगोरी बी मा अनिल खरेल, अर्जुन कुमाल, दीपक बोहोरा, कृष्ण कार्की, प्रज्वल थापालगायत ३५ तथा श्रेणी सी मा १०७ जना खेलाडी छन्।

अक्सनमा १ सय ५० खेलाडीको नाम भएपनि ३७ खेलाडी मात्र बिक्रि हुनेछन्। दोस्रो संस्करणको एनपीएलका लागि सबै टोलीले खेलाडी रिटेन र रिलिज गरिसकेका छन्। अब क्याटोगोरी ‘ए’ बाट ४ जना क्याटोगोरी ‘बी’ बाट २३ र क्याटोगोरी ‘सी’ बाट १० खेलाडी मात्र किनबेच हुनेछन्।

यही २४ गते हुने अक्सनमा क्याटोगोरी ‘ए’ का खेलाडीलाई न्युनतम १० देखि १५ लाख रुपैयाँ सम्म बोली लाग्नेछ । क्याटोगोरी ‘बी’ मा रहेका खेलाडीमाथि न्युनतम ५ देखि १० लाख रुपैयाँ सम्म बोली लाग्नेछ। क्याटोगोरी ‘सी’ मा रहेको खेलाडीमाथि न्युनतम २ लाख देखि ५ लाख रुपैयाँ सम्म बोली लाग्नेछ।

Leave a Reply

Your email address will not be published.