असनमा जनै र रक्षाबन्धनका सामग्री किन्नेहरुको चहलपहल (तस्बिरहरू)

साउन २१, २०८२
Janaipurnima2082 04 21 asan photo 1 by Ditible

News Summary

Generated by OK AI. Editorially reviewed.

साउन २४ गते पर्ने जनैपूर्णिमामा हिन्दू धर्मावलम्बीले वैदिक परम्पराअनुसार नयाँ जनै लगाउने र रक्षाबन्धन मनाउने गर्दछन्।
जनैपूर्णिमाको दिन बिहानै स्नान गरी पुरानो जनै फेरेर गुरु पुरोहितबाट मन्त्रिएको रक्षासूत्र बाँधिने चलन छ।
साउन शुक्ल पूर्णिमामा वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, पोखरीमा स्नान गरी जौ, तिल र कुश प्रयोग गरी ऋषिहरुलाई तर्पण गर्ने गर्दछन्।

२१ साउन, काठमाडौं । जनैपूर्णिमा नजिकिएसँगै बजारमा जनै र रक्षाबन्धनका सामग्री किन्नेहरूको चहलपहल बढेको छ । काठमाडौंको असनमा पनि जनै र रक्षाबन्धनका सामग्री किन्नेहरूको चहलपहल बढेको हो । यस वर्षको जनैपूर्णिमा यही साउन २४ गते परेको छ ।

यस दिन हिन्दू धर्मावलम्बीहरूले जनै धारण गरेर पर्व मनाउने गर्दछन् । नुहाइधुवाइ गरी मान्यजन र गुरु पुरोहितबाट जनै लगाउने प्रचलन छ । जनै विशेष रुपले मन्त्रिएको धागोको डोरो हो ।

जनैपूर्णिमाको दिन बिहानै चोखो माटो, खरानी, गोबर, जौ, तिल र कुश प्रयोग गरी स्नान गर्ने चलन छ । स्नान गरेपछि पुरानो जनै शरीरबाट निकालेर नयाँ जनै लगाउने गरिन्छ ।

साउन शुक्ल पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर जनै फेर्छन् र गुरु पुरोहितबाट रक्षासूत्र (डोरो) बाँध्छन् ।

मानव रक्षाका लागि भन्दै जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको दाहिने नाडीमा बाँधिदिने गर्छन् ।

तागाधारीले पूर्णिमाका दिन बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई स्नान गरी जौ, तिल र कुशद्वारा ऋषिहरुलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै (यज्ञोपवीत) फेर्ने गर्दछन् ।

तस्बिरहरू :

Leave a Reply

Your email address will not be published.