सेयर बजार २८३२ अंकमा झर्‍यो, माइक्रोफाइनान्समा आकर्षण

साउन २१, २०८२
today share market loser 32 by Ditible

News Summary

Generated by OK AI. Editorially reviewed.

बुधबार सेयर बजार नेप्से परिसूचक १.९४ अंकले घटेर २८३२ मा बन्द भएको छ।
माइक्रोफाइनान्स समूहमा १५ प्रतिशतभन्दा बढी लाभांशको चर्चा पछि १.४१ प्रतिशत वृद्धि भएको छ।
विन नेपाल लघुवित्त, माहुली लघुवित्त र ट्रेड टावरको मूल्य १० प्रतिशतले बढेको छ।

२१ साउन, काठमाडौं । बुधबार सेयर बजार झिनो अंकमा घटेको छ । अघिल्लो दिनको तुलनामा बजारको परिसूचक नेप्से जम्मा १.९४ अंक घटेको हो । सो गिरावटपछि नेप्से २८३२ मा रहेर बन्द भएको छ ।

अन्तिम १५ मिनेटको भारित औसत मूल्य गणनाअघि २ अंक बढेको बजार गणनापछि घट्यो । कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ९ अर्ब ३३ करोडको कारोबार भएकोमा आज ७ अर्ब ६३ करोडको भयो ।

कारोबारका क्रममा दिउँसो १ : ४६ बजे बजार २८५६ अंकसम्म पुगेको थियो । ११ : ३७ बजे २८२८ अंक आजका लागि न्यूनतम अंक रह्यो । ११२ कम्पनीको मूल्य बढ्दा १३८ को घट्यो ।

आज माइक्रोफाइनान्समा आकर्षण देखिएको छ । माइक्रोफाइनान्स कम्पनीले गत आर्थिक वर्षकै नाफाबाट सेयरधनीलाई १५ प्रतिशतभन्दा बढी लाभांश दिन पाउने चर्चा बजारमा चलेसँगै यो समूहमा आकर्षण देखिएको हो । सो समूह १.४१ प्रतिशत बढ्यो ।

त्यस्तै लगानी ०.४९, अन्य ०.४४ प्रतिशत बढे । बैंकिङ ०.४७, विकास बैंक ०.६१, फाइनान्स ०.४१, होटल तथा पर्यटन ०.०५, हाइड्रोपावर ०.१५, जीवन बीमा ०.४५, उत्पादन तथा प्रशोधन ०.१०, निर्जीवन बीमा ०.३६ तथा व्यापार ०.६६ प्रतिशत घटे ।

तीन कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत बढेका कम्पनीमा विन नेपाल लघुवित्त, माहुली लघुवित्त तथा ट्रेड टावर छन् । त्यस्तै समाज लघुवित्तको ७.९३, स्वाभिमान लघुवित्तको ७.८३ प्रतिशत मूल्य बढ्यो ।

थ्रीस्टार हाइड्रोपावरको ३.७८, समता घरेलु लघुवित्तको २.७२, युनिलिभर नेपालको २.७१ प्रतिशत मूल्य घट्यो ।

आज धेरै कारोबार भएका कम्पनीमा ङादी ग्रुप, हिमालयन रिइन्स्योरेन्स, शिवम् सिमेन्ट, एनआरएन इन्फ्रास्ट्रक्चर र बलेफी हाइड्रोपावर क्रमशः अगाडि रहे ।

Leave a Reply

Your email address will not be published.