पार्टी विरोधी गतिविधिमा लाग्‍नेको सूची पठाउन जनमतको निर्देशन

साउन २१, २०८२
dr.ck raut 1 by Ditible

News Summary

Generated by OK AI. Editorially reviewed.

जनमत पार्टीले सबै जिल्लालाई पार्टी विरोधी गतिविधिमा लाग्ने सदस्यहरूको नाम सूची प्रमाणसहित पठाउन निर्देशन दिएको छ।
सचिवालयले पार्टी विरोधी गुटको भेला वा बैठकमा जाने सदस्यहरूको नाम नियमित रूपमा केन्द्रीय सचिवालयमा पठाउन अनुरोध गरेको छ।

२१ साउन, काठमाडौं। जनमत पार्टीले पार्टी विरोधी गतिविधि लाग्‍नेको नाम पठाउन सबै जिल्लाहरूलाई निर्देशन जारी गरेको छ ।

जनमतको सचिवालयले एक विज्ञप्ति जारी गरी पार्टी विरोधी गतिविधिमा जानेहरुको सूची पठाउन निर्देशन दिएको हो ।

‘..पार्टी विरोधी गतिविधिमा लागेका वा पार्टी विरवधी गुट/समूहको भेला वा बैठकमा जाने गरेका वा पार्टीको विरोधमा पोस्ट गर्ने सदस्यहरूको नाम सूची प्रमाणसहित नियमित रुपमा केन्द्रीय सचिवालयमा पठाइदिन हुन अनुरोध छ।’ जनमतले जाचरी गरेको विज्ञप्तिमन भनिएको छ ।

हेर्नुहोस् तस्वीरहरू : 

Leave a Reply

Your email address will not be published.