मेसीविनै इन्टर मायामीकाे सहज जित -वाइरिबल

साउन २२, २०८२
su by Ditible

काठमाडाैं । अमेरिकी क्लब इन्टर मायामीले लिग कपअन्तर्गतको समूह चरणको खेलमा पुमास युनामलाई ३-१ गोल अन्तरले पराजित गरेको छ । यो जितसँगै इन्टर मायामीले लिग कपको समूह चरणको तेस्रो खेलमा पनि सफलता हासिल गरेको छ ।

खेलको ३४औं मिनेटमा जोर्जे रुभाल्काबाले गोल गर्दै पुमास युनामलाई अग्रता दिलाएका थिए । तर, पहिलो हाफको अन्तिममा रोड्रिगो डे पाउलले ४५ औं मिनेटमा गोल गर्दै इन्टर मायामीलाई १-१ को बराबरीमा ल्याए ।

दोस्रो हाफमा भने इन्टर मायामीले उत्कृष्ट प्रदर्शन गर्‍यो । खेलको ५९ औं मिनेटमा लुइस सुआरेजले पेनाल्टीमार्फत गोल गर्दै इन्टर मायामीलाई २-१ को अग्रता दिलाए । त्यसपछि ६९ औं मिनेटमा टाडेओ एल्लेन्डेले गोल गरेर इन्टर मायामीको जित सुनिश्चित गरे ।

कप्तान लियाेनल मेसीविनै यो जितले इन्टर मायामीको लिग कपको यात्रामा महत्वपूर्ण सफलता मिलेको छ ।

Leave a Reply

Your email address will not be published.