News Summary
Generated by OK AI. Editorially reviewed.
सिन्धुलीका युवकको मिर्गौला निकालिएको घटनामा नुवाकोटका समिर परियारलाई काठमाडौंबाट पक्राउ गरिएको छ।
मानव बेचबिखन तथा अनुसन्धान ब्यूरोका प्रमुख कृष्ण पंगेनीले परियारमाथि अनुसन्धान भइरहेको बताए।
सिन्धुलीको दुधौली नगरपालिका–१ का खिलबहादुर भुजेललाई कामको प्रलोभनमा भारत पुर्याई बन्धक बनाएर गिरोहले मिर्गौला झिकेको बताइएको छ।
२२ साउन, काठमाडौं । सिन्धुलीका युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नुवाकोटका समिर परियार छन् । उनलाई काठमाडौंबाट पक्राउ गरिएको मानव बेचबिखन तथा अनुसन्धान व्युरोका प्रमुख कृष्ण पंगेनीले बताए । उनका अनुसार परियारमाथि अनुसन्धान भइरहेको छ ।
सिन्धुलीको दुधौली नगरपालिका–१ स्थायी घर भएका खिलबहादुर भुजेलको भारतमा मिर्गौला निकालिएको पाइएको हो । भुजेललाई पोखराबाट कामको प्रलोभनमा भारतमा पुर्याई बन्धक बनाएर गिरोहले मिर्गौला झिकेको बताइन्छ ।
पोखरामा भेटिएका एकजना भारतीय नागरिकले उनलाई होटलमा वेटरको काम लगाइदिने भनेर भारत लगेका थिए । त्यसको करिब १० दिनपछि उनी काठमाडौंको कलंकीमा आइपुगे । भारतबाट आउने गाडीमा काठमाडौं आइपुगेका उनले कम्मरमा अनौठो किमिसको दुखाइ महसुस गरे । घर फर्किएपछि उनले परिवारका सदस्यलाई आफूलाई दुखाइ भइरहेकोबारे सुनाए । साथमा देब्रेतर्फ लगाइएको टाँकाबारे सुनाएका थिए । अनि अस्पतालमा जाँच गराउँदा उनको एउटा मिर्गौला नभएको खुलेको थियो ।