सन्दीप लामिछाने पनि बन्द प्रशिक्षणमा सहभागी -वाइरिबल

साउन २२, २०८२
sandeep 1 by Ditible

काठमाडाैं । क्रिकेटर सन्दीप लामिछाने राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी भएका छन्। यसअघि उनी व्यक्तिगत कारणले प्रशिक्षणमा उपस्थित हुन सकेका थिएनन्।

क्रिकेट एसोसिएशन अफ नेपाल (क्यान) र मुख्य प्रशिक्षकलाई जानकारी गराएर अनुपस्थित रहेका सन्दीप आजदेखि भने टोलीसँगै अभ्यासमा फर्किएका हुन्।

नेपालमा आयोजना हुने अष्ट्रेलियाको टप-एन्ड टी-२० सिरिजका लागि घोषणा गरिएको १६ सदस्यीय टोलीको फिटनेस परीक्षणमा उनी सहभागी भएका छन्। बन्द प्रशिक्षणमा रहेका अन्य खेलाडीहरू पनि नियमित अभ्यास र फिटनेस परीक्षणमा व्यस्त छन्।

परीक्षणमा उनकाे पुनरागमनले क्रिकेट समर्थकहरूमा उत्साह थपेको छ। अब उनी टोलीका अन्य सदस्यहरूसँगै अष्ट्रेलियामा हुने टी-२० सिरिजको तयारीमा जुट्नेछन्।

Leave a Reply

Your email address will not be published.