News Summary
Generated by OK AI. Editorially reviewed.
प्रहरी उपरीक्षक नवीनकृष्ण भण्डारीले २१ साउनमा अनिवार्य अवकाश जानुपर्ने अवस्थामा १८ साउनमा राजीनामा दिएका छन्।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेले भण्डारीले घरायसी कारण देखाएर राजीनामा दिएको बताए।
२२ साउन, काठमाडौं । प्रहरी उपरीक्षक (एसपी) नवीनकृष्ण भण्डारीले अनिवार्य अवकाशको तीन दिन अघि राजीनामा दिएको पाइएको छ ।
३० वर्षे सेवा अवधिका कारण २१ साउनमा अनिवार्य अवकाशमा जान लागेका भण्डारीले त्यसको तीन दिनअघि १८ साउनमै राजीनामा दिएका हुन् । प्रहरी जवानबाट सेवा प्रवेश गरेका उनी प्रहरी नियमावलीको ३० वर्षे सेवा अवधिका कारण २१ साउनमा अनिवार्य अवकाश जाँदै थिए ।
तर त्यसको तीन दिनअघि उनले राजीनामा दिएको पाइएको हो । ‘अनिवार्य अवकाशको तीन दिनअघि नै उहाँले घरायसी कारण देखाउँदै राजीनामा दिनु भएको रहेछ,’ नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले भने ।
घरायसी कारण देखाएर राजीनामा दिए पनि जम्मा तीन दिनअघि राजीनामा दिनुले प्रश्न उब्जाएको छ । स्रोतका अनुसार उनी विदेश जान लागेको बताइएको छ । अवकाशमा जानु अघि नै विदेश जाने टिकट समेत तयार भइसकेकाले राजीनामा दिएको हुनसक्ने आशंका गरिएको छ ।
उनै भण्डारीले राजीनामा दिएपछि खालीको ठाउँमा डीएसपी वीरेन्द्र थापाको बढुवा सिफारिस भएको छ ।