तीन जना कारागार चलान, राष्ट्र बैंकका पूर्वकर्मचारी धरौटीमा रिहा

साउन २२, २०८२
High court nepalgunj by Ditible

News Summary

Generated by OK AI. Editorially reviewed.

कर्णाली विकास बैंकको सवा तीन अर्ब रुपैयाँ घोटाला प्रकरणमा तीन जना पक्राउ परेका छन् र उच्च अदालतले उनीहरुलाई कारागार चलानको आदेश दिएको छ।
धरौटीमा रिहा भएका राष्ट्र बैंकका पूर्वकर्मचारी भुवन बस्नेतलाई दुई लाख रुपैयाँ धरौटीमा रिहा गरिएको छ।
विशेष छानबिन समितिले ठूलो रकम घोटाला भएको निष्कर्ष निकालेपछि सीआईबीले अनुसन्धान गरी १११ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ।

२२ साउन, काठमाडौं। कर्णाली विकास बैंकको सवा तीन अर्ब रुपैयाँ घोटाला प्रकरणमा पक्राउ परेका तीन जना कारागार चलान भएका छन् । एक जना धरौटीमा रिहा भएका छन् ।

कारागार चलान हुनेहरुमा बैंकका तत्कालीन अध्यक्ष दयाल मिश्र, वित्त प्रमुख देवप्रकाश सिंह ठकुरी र बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय छन् । उनीहरुलाई उच्च अदालत तुलसीपुरको नेपालगञ्ज इजलासका न्यायाधीशद्धय चन्द्रबहादुर सारु र पुनम सिंह चन्दको इजलासले पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो ।

त्यसैगरी राष्ट्र बैंकका पूर्वकर्मचारी भुवन बस्नेतलाई भने २ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ । उनी धरौटी बुझाएर रहा भएका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बैंकको सवा तीन अर्ब घोटालामा उनीहरुलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो । सवा तीन अर्व घोटाला प्रकरणमा तीन जना मृतकसहित १११ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस भएको छ ।

सरकारी वकिल कार्यालयले भने १०९ जनाविरुद्ध मुद्दा चलाएको थियो ।

बैंक सञ्चालक समिति अध्यक्ष डा. ओमप्रकाश मिश्रको संयोजकत्वमा गठित विशेष छानबिन समितिले ठूलो रकम घोटाला भएको निष्कर्ष निकालेको थियो ।

कर्णाली विकास बैंकको अन्य बैंक खातामा रहेको रकम तथा बैंकको कोर बैंकिङ प्रणाली (सीबीएस) मा प्रविष्ट रहेको रकमबीच अन्तर निकाल्दा ठूलो रकम घोटाल भएको मिश्र समितिको प्रतिवेदनले उल्लेख गरेको थियो ।

यो प्रतिवेदनपछि सीआईबीले अनुसन्धान गरेर मुद्दा चलाएको हो ।

Leave a Reply

Your email address will not be published.