शिक्षा विधेयक अन्तिम चरणमा पुगेपछि कांग्रेसले गर्‍यो शिक्षा समिति सदस्य हेरफेर

साउन २२, २०८२
sarita nagina by Ditible

बायाँबाट क्रमशः सीता मिजार र नगिना यादव ।

News Summary

Generated by OK AI. Editorially reviewed.

नेपाली कांग्रेसले प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सदस्य हेरफेर गरेको छ।
मनरोमा शेरचन र संगिता मण्डल धानुकको ठाउँमा सीता मिजार र नगिना यादवलाई ल्याइएको छ।
शिक्षा विधेयक पारित गर्ने अन्तिम चरणमा पुगेपछि कांग्रेसले समिति सदस्य हेरफेर गरेको हो।

२२ साउन, काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सदस्य हेरफेर गरेको छ ।

सदस्य मनरोमा शेरचन र संगिता मण्डल धानुकको ठाउँमा सीता मिजार र नगिना यादवलाई ल्याइएको छ । शेरचन उद्योग र धानुकलाई कानुन समितिमा लगिएको छ । यसअघि मिजार उद्योग समिति र यादव कानुन समितिमा थिइन् ।

शिक्षा विधेयक पारित गर्ने अन्तिम चरणमा पुगेपछि कांग्रेसले समिति सदस्य हेरफेर गरेको हो ।

प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १७७ बमोजिम प्रतिनिधिसभाको विषयगत समितिहरूमा सदस्यहरूको नाम थप तथा हेरफेर गरिएको संसद् सचिवालयले जनाएको छ ।

यसअघि कांग्रेस प्रमुख सचेतक श्याम घिमिरे पनि शिक्षा समितिमा आएका थिए । विद्यालय शिक्षा विधेयक पास गर्नेगरी आज शिक्षा समितिको बैठक बस्दै छ ।

Leave a Reply

Your email address will not be published.