समय तालिका बनाएर बजेट कार्यान्वयन गर्न सचिवहरूलाई अर्थमन्त्रीको निर्देशन

साउन २२, २०८२
bishnu poudel with sachib by Ditible

News Summary

Generated by OK AI. Editorially reviewed.

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सचिवहरूलाई चालु आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनका लागि समय तालिका बनाएर योजना बनाउन निर्देशन दिएका छन्।
अर्थमन्त्री पौडेलले बजेट कार्यान्वयनमा सही समयमा कदम चाल्न र गैरकर राजस्वको अधिकतम क्षेत्र विस्तार गर्न जोड दिएका छन्।
आर्थिक वर्ष २०८१/८२ मा १ खर्ब २८ अर्ब रुपैयाँ गैरकर राजस्व संकलन भएको थियो, जुन कुल राजस्वको १०.९ प्रतिशत हो।

२२ साउन, काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले समय तालिका बनाएर चालु आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयन गर्न सचिवहरूलाई निर्देशन दिएका छन् ।

अर्थ मन्त्रालयमा बिहीबार भएको बैठकमा अर्थमन्त्री पौडेलले बजेट सम्बन्धी वार्षिक योजना र समय तालिका बनाएर बजेट कार्यान्वयन गर्न निर्देशन दिएका हुन् ।

उनले बजेट कार्यान्वयनमा अर्थ मन्त्रालयले सक्दो सहयोग गर्ने उल्लेख गर्दै सही समयमा कदम चालेर बजेट कार्यावन्यनमा परिणाम निकाल्न पनि निर्देशन दिए ।

अर्थमन्त्री पौडेलले विद्यमान कानुनको व्यवस्था र सीमाभित्र रहेर गैरकर राजस्वको अधिकतम क्षेत्र विस्तार गर्नुपर्नेमा जोड दिए ।

अर्थ मन्त्रालयका अनुसार आव २०८१/८२ मा १ खर्ब २८ अर्ब रुपैयाँ संकलन भएको थियो, जुन कुल राजस्वको १०.९ प्रतिशत हो ।

बैठकमा गैरकर राजस्व सम्बन्धी थप स्रोत पहिचान गरी कार्यान्वयन गर्दै अघि बढ्नेबारे छलफल भएको छ ।

बैठकमा अर्थ सचिव, राजस्व सचिव, ,विभिन्न मन्त्रालयका सचिव लगायत उपस्थित थिए ।

Leave a Reply

Your email address will not be published.