यू–२० महिला एसियन कप छनोटः नेपाल साउदी अरेबियासँग भिड्दै -वाइरिबल

साउन २३, २०८२
Photo 45 by Ditible

काठमाडौं । एएफसी यू–२० महिला एसियन कप छनोटको आफ्नो दोस्रो खेलमा नेपालले आज साउदी अरेबियासँग भिड्दैछ ।

खेल भुटानको थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा शुक्रबार दिउँसो पौने २ बजे सुरु हुनेछ । नेपालले आफ्नो पहिलो खेलमा भुटानसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो । बलियो टोली उत्तर कोरियासँग नेपालले खेल्न बाँकी छ ।

प्रतियोगिताको हरेक समूहबाट समूहविजेता एसियन कपमा छनोट हुनेछन् ।

Leave a Reply

Your email address will not be published.