मागे ५० लाख, पाए २ करोड – Online Khabar

साउन २३, २०८२
sharktanknepal1 1 by Ditible

News Summary

Generated by OK AI. Editorially reviewed.

बिजनेस रियालिटी शो ‘शार्क ट्यांक नेपाल’को पछिल्ला दुई एपिसोडमा कुल ३ करोड रुपैयाँको लगानी जुटेको छ।
‘वायु दृष्टि’ले ४० प्रतिशत इक्विटीको लागि पाँचै शार्कबाट १ करोड रुपैयाँ लगानी जुटाएको छ।
‘नेप-मेड्स’ले ४० प्रतिशत इक्विटीको लागि २ करोड रुपैयाँको डिल पक्का गरेको छ।

काठमाडौं । बिजनेस रियालिटी शो ‘शार्क ट्यांक नेपाल’को पछिल्ला दुई एपिसोडमा ३ करोड रुपैयाँको लगानी जुटेको छ ।

बुधबार प्रसारित एपिसोडमा सक्रिय पाण्डे र श्रीषा पाण्डेको ‘वायु दृष्टि’ले ४० प्रतिशत इक्विटीको लागि पाँचै शार्कबाट १ करोड रुपैयाँ लगानी जुटायो ।

वायु शुद्ध पार्ने र हावाको गुणस्तर मापन गर्ने यान्त्रिक प्रविधिको यो योजना प्रदूषण नियन्त्रण र जलवायु परिवर्तनसम्बन्धी दीर्घकालीन समाधानका लागि प्रस्तुत गरिएको थियो।

बिहीबारको एपिसोडमा भने केदार चौलागाईंको ‘नेप-मेड्स’ले मात्र डिल गर्न सक्यो । अनलाइन स्वास्थ्य सेवा दिने यस प्लेटफर्ममार्फत फार्मेसी, डाक्टर कन्सल्टेसन, प्याथोलोजी ल्याब र हेल्थ लाइब्रेरी चारवटा सेवा एकै स्थानबाट लिन सकिन्छ ।

अहिलेसम्म यो सेवा नेपालका ७० जिल्लामा विस्तार भैसकेको छ । उनले १० प्रतिशत इक्विटीको लागि ५० लाखको अफर गरेका थिए भने शार्क आनन्द बगरियाले ४० प्रतिशत इक्विटीको लागि २ करोडको डिल गरे ।

यो बाहेक सगुन तन्डुकार, गौरव कार्की र हरिशरण खत्रीको ‘स्टिरिंग इन्टरनेसनल’ले नेपालमै गिटार निर्माण गर्ने उद्योगको योजना पिच गरे ।

यस्तै रुपेश रेग्मीको ‘वाइज एडमिट’ र सिता पाण्डेको ‘मुना बजार’ पनि प्रस्तुत भए तर यी तीनै आइडियामा डिल हुन सकेन ।

११औं एपिसोडमा १ करोड र १२औं एपिसोडमा २ करोडको डिल हुँदै पछिल्ला दुई दिनमा कुल ३ करोड रुपैयाँ बराबरको लगानी पक्का भएको हो ।

‘शार्क ट्यांक नेपाल’ प्रत्येक बुधबार र बिहीबार हिमालय टिभीमा राति ९ बजे र युट्युबमा ९ः३० बजे प्रसारण हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published.