नेपालले साउदी अरेबियालाई हरायाे -वाइरिबल

साउन २३, २०८२
nepal vs saudi by Ditible

काठमाडौं । एएफसी यू-२० महिला एसियन कप छनोटको आफ्नो दोस्रो खेलमा नेपालले साउदी अरेबियालाई हराएकाे छ ।

भुटानको थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा आज भएको खेलमा नेपालले साउदी अरेबियालाई १-० गोलअन्तरले स्तब्ध पारेकाे हाे । निर्धारित समय सकिनै लाग्दा ९०औं मिनेटमा मिना देउवाको पासमा शुक्रिया मियाँले गरेकाे गोल नै नेपालकाे जितमा निर्णायक बन्याे ।

नेपालले आफ्नो पहिलो खेलमा भुटानसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो । नेपालले अब बलियो टोली उत्तर कोरियासँग खेल्न बाँकी छ । साे खेल आइतबार हुनेछ ।

प्रतियोगिताको हरेक समूहबाट समूहविजेता एसियन कपमा छनोट हुनेछन् ।

Leave a Reply

Your email address will not be published.