सञ्जीवनी मेडिकल कलेजविरुद्ध प्रहरीमा ठगीको जाहेरी

साउन २३, २०८२
Sanjibani medical college by Ditible

News Summary

Generated by OK AI. Editorially reviewed.

स्याङ्जाका मेडिकल व्यवसायी खुमा अर्यालको नेपालगञ्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेज प्रालिविरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी परेको छ।
जाहेरीमा उक्त मेडिकल कलेजको दर्ता प्रक्रिया वैधानिक नभएको र कानूनी प्रक्रिया पूरा नगरी सञ्चालन गरी ठगी गरेको दाबी गरिएको छ।
उच्च अदालत तुलसीपुरले जाहेरी दर्ता गरी अनुसन्धान अघि बढाउन निर्देशन दिएपछि प्रहरीले जाहेरी दर्ता गरेको हो।

२३ साउन, काठमाडौं। स्याङ्जाका मेडिकल व्यवसायी खुमा अर्यालको मेडिकल कलेजविरुद्ध प्रहरीमा जाहेरी परेको छ ।

नेपालगञ्जमा रहेको अर्यालयको सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेज प्रालिविरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी परेको हो । बाँके प्रहरीका प्रवक्ता दीपक पातलीले जाहेरी आएको पुष्टि गरे ।  ‘सञ्जीवनी  मेडिकलविरूद्ध जाहेरी परेको छ । दर्ता गरेर अनुसन्धान प्रक्रिया अघि बढाउँछौं।’ पातलीले The Wiribleसँग भने ।

यो मेडिकल कलेजको दर्ता प्रक्रिया नै वैधानिक नरहेको दाबी गरिएको छ । कानूनी प्रक्रिया पूरा नगरी मेडिकल कलेज सञ्चालन गरेर ठगी गरेका दाबी गर्दै उजुरी परेको प्रहरीले बताएको छ ।

यो मेडिकल कलेजविरुद्ध करन बर्मा नाम गरेका बाँकेकै एक युवाले जाहेरी दिएका हुन् । यसअघि उनले दिएको जाहेरी प्रहरीदेखि सरकारी वकिलको कार्यालयसम्मले दर्ता गर्न अस्वीकार गरेका थिए । त्यसपछि उनी अदालत पुगेका थिए ।

उच्च अदालतको तुलसीपुरको नेपालगञ्ज इजलासमा करनले बाँके प्रहरी, सरकारी वकिल, प्रमुख जिल्ला न्यायाधीवक्तासहितलाई विपक्षी बनाउँदै निवेदन दिएका थिए ।

उक्त निवेदनको फैसला गर्दै न्यायाधीश चन्द्रबहादुर सारु र वसन्तराज पौडेलको इजलासले जाहेरी दर्ता गरेर अनुसन्धान अघि बढाउने निर्देशन दिएपछि बल्ल प्रहरीले जाहेरी दर्ता गरेको हो ।

ठगीको जाहेरी दर्ता भए पनि रकम तथा बिगो भने खुलेको छैन । कलेजको वैधनिकतासँग जोडेर जाहेरी परेकाले बिगो दाबी गरिएको छैन ।

Leave a Reply

Your email address will not be published.