News Summary
Generated by OK AI. Editorially reviewed.
साइबर ब्यूरोले सफ्टवेयर कम्पनीको सोर्स कोड चोरी गरेको आरोपमा सर्लाहीका २६ वर्षीय सुजनकुमार महतो र धादिङका २४ वर्षीय सुमन श्रेष्ठलाई पक्राउ गरेको छ।
ब्यूरोका एसपी दीपकराज अवस्थीले उनीहरुले बौद्धिक सम्पत्तिमा आघात पुर्याउने उद्देश्यले सोर्स कोड चोरी गरेको बताए।
काठमाडौं जिल्ला अदालतले उनीहरुविरुद्ध ५ दिन म्याद थप गरेको छ।
२३ साउन, काठमाडौं । सफ्टवेयर कम्पनीको सोर्स कोड चोरीको आरोपमा दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा सर्लाहीको चन्द्रनगर गाउँपालिका–५ का २६ वर्षीय सुजनकुमार महतो र धादिङको ज्वालामुखी गाउँपालिका–४ का २४ वर्षीय सुमन श्रेष्ठ छन् । उनीहरुलाई साइबर ब्यूरोको टोलीले पक्राउ गरेको हो ।
बौद्धिक सम्पत्तिमा आघात पुर्याउने उदेश्यले उनीहरुले सोर्स कोड चोरी पाइएको ब्यूरोका एसपी तथा प्रवक्ता दीपकराज अवस्थीले बताए ।
उनीहरुविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप भएको छ ।












